अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

६७ बन्डल पटाकासहित सुनसरीबाट दुईजना समातिए

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१५ मा प्रकाशित

इटहरी उपमहानगरपालिका ५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका(६, श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन् ।

उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेलापारेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरीबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू