अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

विश्व हुलाक दिवस– ‘हुलाक सेवालाई थप प्रभावकारी बनाउन आवश्यक’

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१३ मा प्रकाशित

आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १४६औं विश्व हुलाक दिवस मनाईएको छ । यस वर्ष ‘मोर देन मेल’ भन्ने मुख्य नारासहित विश्वभर हुलाक दिवस मनाईएको छ ।काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी यो दिवस मनाइएको छ । कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौती र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो । नेपालले भने सन् १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यता लिएसँगै हरेक वर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू