अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

विश्वभर २ करोड ७६ लाख ९८ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१२ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ७६ लाख ९८ हजार २ सय ८७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ६८ लाख १२ हजार ३ सय ४८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ६७ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ८० लाख ४६ हजार ४ सय ५१ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६८ हजार २० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७९ लाख ७८ हजार ४ सय ३१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७८ लाख ३५ हजार ८ सय ६८ जना संक्रमित भएका छन् भने २ लाख १७ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ६९ लाख ६ हजार १ सय ५१ जना संक्रमित हुँदा १ लाख ६ हजार २ सय २१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५० लाख २९ हजार ५ सय ३९ जना संक्रमित भएका छन् भने १ लाख ४९ हजार ३४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । रसियामा १२ लाख ७२ हजार २ सय ३८ जनामा संक्रमण हुँदा २२ हजार २ सय ५७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू