अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:३३ मा प्रकाशित

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले सो निर्णय गरेको हो ।
उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डुड्नालाई प्राणी जगतको डीएनए (जेनोम एडिटिङ)मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।

सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्तरुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू