अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशत मात्रै – विश्व बैंक

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:३२ मा प्रकाशित

विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ (सन् २०२१) मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित रहने जनाएको छ । सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले भने जम्मा शून्य दशमलव ६ प्रतिशतको मात्रै वृद्धि हुने तथ्याङ्क सार्वजनिक गरेको हो ।

‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण सबैजसो क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिने र केही क्षेत्रको वृद्धिदर नकारात्मकतातर्फ जाने बताएको छ ।

चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव १ र सेवा क्षेत्रको वृद्धिदर १ प्रतिशतले बढे पनि औद्योगिक क्षेत्रको वृद्धिदर भने ४ दशमलव १ प्रतिशतले खुम्चने राष्ट्र बैंकको दाबी छ । कोरोना महामारीका कारण दक्षिण एसियाका लाखौँ नागरिक चरम गरिबीको चपेटामा पुग्ने भन्दै विश्व बैंकले औपचारिक रोजगारी नभएका र सामाजिक सुरक्षाको सुविधामा नसमेटिएका लाखौँ नागरिकको जीवन निर्वाहमा ठूलो समस्या आउने बताएको छ ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रीय तथ्याङ्क विभागले २ दशमलव ३ प्रतिशतको वृद्धि हुने अनुमान गरे पनि विश्व बैंकले भने शून्य दशमलव २ प्रतिशतको मात्रै वृद्धिदर भएको दाबी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू