अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

असोज मसान्तभित्र सांगठनिक एकताको काम सम्पन्न गर्ने नेकपा अध्यक्षद्धयको प्रतिवद्धता

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२७ मा प्रकाशित

असोज मसान्तभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने प्रतिवद्धतासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी कामलगायतका विषयमा वार्ता भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार आज बसेको बैठकमा दुई अध्यक्षबीच पार्टीको सांगठनिक एकता प्रक्रियाको बाँकी काम चाँडै निष्कर्षमा पुर्याउने विषयमा केन्द्रित भएर छलफल भएको छ । दुवै अध्यक्षले सचिवालय बैठकले दिएको जिम्मेवारीअनुसार काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको सापकोटाले बताउनुभयो ।

यसअघि असोज ६ गतेको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदपूर्ति तथा पार्टीको सांगठनिक एकतामा दुई अध्यक्षबीच गृहकार्य गरी अन्तिम निर्णय गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू