अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

अनुमति बिना फिल्म, टेलिफिल्म र भिडियोमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही हुने

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२७ मा प्रकाशित

फिल्म तथा टेलिश्रृङ्खालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेको छ । टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग हुने गरेको प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

’विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, प्र्यांक भिडियो, सांगीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरुको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यलयको ध्यानआकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार(प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्नसमेत आह्वान गरेको छ । यी नियम तोडेमा प्रचलिति कानुन बमोजिम कानुनी कारबाही हुनेसमेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू