अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

७ दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने प्रावधान पर्यटकले रुचाएनन्

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२३ मा प्रकाशित

सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल आएका छैनन् ।कात्तिक १ गतेदेखि ‘अन–अराइभल’ भिसा खुला हुँदैछ । तर, सात दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने व्यवस्थाका कारण पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि सात दिन क्वारेन्टिनमा बस्नुपर्छ ।

त्यसपछि ‘पीसीआर’ परीक्षण गरी ‘नेगेटिभ रिपोर्ट’ आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैलेपनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिँदैन ।पर्यटन व्यवसायी सुदर्शन नेपालकाअनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र ¥याफ्टिङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको बताउनुभयो ।खासगरी नेपालमा कोभिड(१९ संक्रमणको लागि के(कस्ता मापदण्ड छन् भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर, पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफूहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताउनुभयो ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोधपुछ गरिरहेको बताउनुभयो ।नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले रुचि देखाएको उहाँले बताउनुभयो ।

तर, अहिलेसम्म कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले जानकारी दिनुभयो ।पर्यटकहरुले नेपाल आउन सोधखोज गरिरहेपनि आफूहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाइ छ । तरपनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफूहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् । पदयात्रा, पर्वतारोहण र र्याफ्टिङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुनेगरी पर्यटकलाई सेवा दिन सकिने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया