अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३
| Colorodo: 15:18
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।
आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा आगामी २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।
शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।