अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा कोरोना संक्रमित पनि सहभागी हुन पाउने

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:१८ मा प्रकाशित

चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तह को प्रवेश परीक्षा नरोकिने जनाएको छ । आयोगले बिहीबार सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने दाबी गरेको छ ।

यदि कोरोना सङ्क्रमित विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू