अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

दसैँलगायत चाडपर्वहरूको साइतका विषयमा अमेरिकामा गरिएको जुम बैठक सम्पन्न

बिआरटीनेपाल २०७७ असोज २१ गते १०:३६ मा प्रकाशित

विश्व अध्यात्म केन्द्रद्वारा गरिएको यस कार्यक्रमले अमेरिकाकै तिथि मितिअनुसार चाडपर्व मनाउनु पर्ने कुराको निर्क्योल गरेको छ ।

ज्योतिष शास्त्रअनुसार नेपाल तथा विदेशमा चाडपर्व मनाउँदा तिथि-मिति गणना कसरी हुन्छ ? भन्ने विषयमा गरिएको यो परिचर्चामा प्रमुख वक्ताका रूपमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष तथा अमेरिकाको लागि बनेको दिव्य दर्शन पञ्चाङ्गका निर्णायक/सम्पादक डा. माधव भट्टराई नेपालबाट हुनुहुन्थ्यो भने अमेरिकाबाट मारुतीनन्दन पञ्चाङ्गका लेखक तथा सम्पादक : पद्मलाल ढकाल विशेष अतिथिका रूपमा हुनुहुन्थ्यो ।
साथमा अन्य ज्योतिषी गुरुहरूलगायत विभिन्न मुलुक नेपाल, अमेरिका, क्यानडा, तथा अस्ट्रेलियाका मन्दिरहरूबाट गुरुवर्गहरुको
जुम उपस्थिति रहेको थियो ।

विदेशको जुनसुकै कुनामा बसे पनि सकेसम्म त्यहीँकै समयलाई आधार मानेर बनाइएका पात्राहरूको तिथि मितिका आधारमा चाडपर्व मनाउँदा शास्त्रोक्त र व्यवहारिक हुने कुराको टिप्पणी गर्नुका साथै समजमा कुनै द्विविधा नहोस् भन्ने विषयमा केन्द्रित रही ज्योतिषी पद्मलाल लाल ढकालले किन र कसरी ? भन्ने विषयमा विस्तृत व्याख्या गर्नु भएको थियो भने डा. माधव भट्टराईले नेपालको लागि बनेको पञ्चाङ्ग नेपालकै लागि हो र यदि त्यहाँको लागि बनेका पञ्चाङ्गहरू छन् भने ती पञ्चाङ्गलाई प्रयोग गर्नु पर्छ किनकि नेपालको संविधानलाई लगेर मनाउन नमिलेजस्तै पात्रो पनि प्रयोग गर्न नमिल्ने कुरा बताउँदै यदि ब्राह्मणहरू गुरु पुरोहितहरूमा पनि एकरूपता भएमा विवाद नआई अगाडि बढ्न सकिन्छ र यो परिचर्चा लाभदायक भएको कुरा बताउनु भएको थियो ।

यस कार्यक्रममा केन्द्रकै संस्थापक सदस्यमध्येबाट आचार्य चूडामणि पाठकले स्वागत मन्तव्य राख्नुका साथै यस कार्यक्रमको औचित्यको विषयमा बताउनु भएको थियो भने अर्का ज्योतिषी राजेन्द्र खनालले यस कार्यक्रमको उद्देश्य जनमानसमा सहज तरिकाले तिथि मिति र साइतको निर्णय विवादरहित रूपमा व्यवस्थापन होस् ।

अमेरिका र नेपालको समयअनुसार चाडपर्व मनाउँदा फरक-फरक समय र मितिमा मनाउनु पर्दा जनमानसमा अलमल भएको बुझिएकोले कसरी सहज तरिकाले यस बारेमा बुझाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको र विश्व अध्यात्म केन्द्र किन र कसको लागि भन्ने विषयमा बोल्दै यस केन्द्रको स्थापनाको औचित्यका बारेमा आफ्नो धारणा राख्दै मारुती नन्दन पञ्चाङ्ग र दिव्य दर्शन पञ्चाङ्ग अमेरिकाको लागि प्रकाशित भएको कुरा राख्नु भएको थियो । आचार्य पिपलमणि सिग्देलले कार्यक्रमलाई सञ्चालन गरी विभिन्न मिडियाहरूमार्फत फेसबुक लाइभ गरी उपस्थित सबै जना गुरुहरूलाई बोल्ने मौका दिनु भएको थियो ।

संसारको जुनसुकै ठाउँमा बसे पनि सकेसम्म त्यहीँकै समयलाई आधार मानेर बनाइएका पात्राहरूको तिथि मितिका आधारमा चाडपर्व मनाउँदा शास्त्रोक्त र व्यवहारिक हुने कुराको टिप्पणी गर्दै आदरणीय गुरुहरू ज्योतिषी मित्रलाल न्यौपाने(न्यु योर्क), उद्धव शास्त्री (न्यु योर्क), डा. लक्ष्मीनारायण ढकाल (केन्टकी), चूडामणि पाठक ( क्यालिफोर्निया), ध्रुव दाहाल क्यालिफोर्नियाबाट, छत्रपति दाहाल नेपालबाट, प्रकाश ढोडारी(अस्ट्रेलिया), दक्षिण एसियाली ज्योतिष सङ्घका ज्योतिषी लक्ष्मण पन्थी नेपालबाट, शिवहरि नेपाल भर्जिनियाबाट, जगदीश गैरै क्यानडाबाट, रामप्रसाद घिमिरे बाल्टिमोरबाट, खेम नेपाल क्यानडाबाट, डिल्लीराम अधिकारी भर्जिनियाबाट, स्वामी अध्यापथिक ओहायोबाट, पिपलमणि सिग्देल न्यूयोर्कबाट र पद्मलाल ढकाल केन्टकीबाट हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू