अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

सन् २०२२ को लागि डिभीको फाराम खुल्यो

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:२१ मा प्रकाशित

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार बुधबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जानकारी दिएको छ।नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फाराम खुलेको हो। आउँदो कात्तिक २० गते राति पौने ११ बजेभित्र फाराम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूताबासले जनाएको छ।

यस पटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउने छन्।फाराम भर्नका लागि आधिकारीक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ। डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू