अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाइ ३ करोड रकम हस्तान्तरण

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:१४ मा प्रकाशित

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको उहाँले प्रशंसा गर्नुभयो ।

रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी समेत व्यक्त गर्दै उहाँले रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युवराज दुलाल फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न उहाँको सुझाव छ ।

यसैगरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा उहाँले धन्यवाद दिनुभयो । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको उहााको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू