अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

सरकार भन्छ, “यो दशैँमा आशीर्वाद बचाऔँ” !

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:१३ मा प्रकाशित

सरकारले यो दशैँमा सकभर सहरबाट गाउँ नजान अनुरोध गरेको छ ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु जोखिमपूर्ण रहेको बताउनुभयो ।

‘हामी स्वस्थ रह्यौं भने चाडबाड अर्को वर्ष पनि मनाउन सकिन्छ, अहिले आफू यात्रा गर्दा कोरोनाले पनि यात्रा गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयो ।चाडबाडको मुख्य विशेषता आफूभन्दा अग्रज, ज्येष्ठ नागरिक र अभिभावकबाट आशीर्वाद लिने भएको बताउँदै मन्त्री ज्ञवालीले अहिलेको चाडबाडमा सहरदेखि गाउँको यात्रा गर्दा अभिभावकहरु नै सबैभन्दा ठूलो जोखिममा पर्ने बताउनुभयो ।

‘चाडबाडमा ज्येष्ठ नागरिकबाट आशीर्वाद लिने हो, तर यो पटक सबैभन्दा जोखिममा अभिभावकहरु नै हुनुहुन्छ, हाम्रा कारण उहाँहरु जोखिममा पर्नुभयो भने निकै नराम्रो हुन्छ । यस पटक सधैं जस्तो काठमाण्डौबाट गाउँ, गाउँबाट काठमाण्डौं नगरौं । आशिष फेरि पनि लिन सक्छौँ’ ज्ञवालीले भन्नुभयो ।

‘आशीर्वाद पछिसम्म पनि चाहिन्छ, त्यसैले यो वर्षको चाडबाडमा आशीर्वाद बचाऔँ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू