अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुद्धारा सत्ता कब्जा

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:११ मा प्रकाशित

मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् ।आइतवार भएको चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका छन् ।उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् ।

देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।तर उहाँले त्यो शक्तिशाली नेतृत्व को हो भन्नेबारे केही खुलाउनुभएको छैन ।प्रदर्शनकारीहरुले आइतवार भएको चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नैं उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ ।

चुनावमा भाग लिएका १६ राजनीतिक दलमध्य चार वटाले मात्रै संसदमा प्रवेश पाउन आवश्यक मतको सिमा ‘थ्रेसहोल्ड’ पार गरेका थिए । जसमध्ये तिनवटा पार्टी राष्ट्रपतिसँग निकट रहेको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू