अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

चुनाब जितेर गज्जबको राहत प्याकेज ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताउनुभएको छ ।उहाँले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गर्नुभएको छ ।

आफुले चुनाब जितेर कडा मेहनत गरिरहेका अमेरिकी नागरिकहरुको कदर गर्ने गरी गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित गर्ने दाबी समेत गर्नुभएको छ ।यतिखेर डेमोक्रेटहरुसंग राहत बजेट अध्यादेश सम्बन्धी छलफल चलिरहेको थियो ।

डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले ट्रम्प अप्ठेरोमा परेका नागरिकका लागि गर्नुपर्ने दायित्वबाट विमुख भएको टिप्पणी गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू