अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

सागमा ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०७ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाईएको छ । साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द्र भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले झण्डै डेढ महिना लगाएर तयार पारेको छानविन प्रतिवेदन हिजो (मंगलबार) राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको छ ।
समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको हो । समितिले ब्याडमिन्टनको म्याट खरिदमा समेत अनियमितता भएको निष्कर्श निकालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू