अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

विश्वभर २ करोड ७१ लाख ८० हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०६ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ७१ लाख ८० हजार ७ सय ६३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ६१ लाख ३९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ५५ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७८ लाख ६३ हजार ५ सय ९५ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६७ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७७ लाख ९५ हजार ६ सय ४६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७७ लाख २४ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने २ लाख १५ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ६७ लाख ५७ हजार १ सय ३१ जना संक्रमित हुँदा १ लाख ४ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४९ लाख ७० हजार ९ सय ५३ जना संक्रमित भएका छन् भने १ लाख ४७ हजार ५ सय ७१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । रसियामा १२ लाख ४८ हजार ६ सय १९ जनामा संक्रमण हुँदा २१ हजार ८ सय ६५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू