अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगको वैधानिकता

बिआरटीनेपाल २०७७ असोज २१ गते ७:०१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिनुभएको छ ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुसी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकिकृत गर्न सकेकोमा खुसी व्यक्त गर्दै गौरव लागेको बताउनुभयो ।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहनेछ र चुनावचिह्नमा ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू