अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

मल आयातमा पुनः लापरवाही – दोस्रोपटक पनि भिजेको अवस्थामा आइपुग्यो मल

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३४ मा प्रकाशित

पाल सरकारले साल्ट ट्रडिङ्ग कम्पनी मार्फत खरिद गरेको डिएपी मल दोस्रो पटक पनि भिजेको अवस्थामा सुख्खा बन्दरगाहा अलौ ड्राइपोर्टमा आइपुगेको छ । ४५ हजार बोरा मल कामै नलाग्ने आवस्थामा आएपछि मलको आशा गरेर बसेका कृषकहरु पुनः निरास बनेका छन् । साल्ट ट्रडिङ्ग कम्पनीले भने भिजेको मलको बारेमा आफूहरुलाई पूर्व जानकारी नभएको भन्दै तर्किन खोजेका छन् । आपूर्तिकर्ताले सुख्खा बन्दरगाहामा मल आएपनि औपचारिक रुपमा ह्याण्डओभर नगरेकोले भिज्नु, कम गुणस्तरयुक्त हुनु सबै आपूर्तिकर्ताको जिम्मा भएको साल्ट ट्रडिङ्गको भनाइ छ ।

यसअघि आएको ५० हजार बोर मल पनि भिजेको अवस्थामा प्राप्त भएको थियो । त्यसको कुनै टुङ्गो नलाग्दै अर्को लट पनि भिजेको मल आएपछि जिम्मेवार निकाय नै गैरजिम्मेवार बनेको छ । सैद्धान्तिक हिसाबले पनि आयात अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको सुख्खा बन्दरगाहाको सूचना अधिकृत जगदिश पुरवेले बताउनुभयो ।बजारमा माग भएको युरिया मल अहिलेसम्म आउन सकेको छैन ।

सिजन नै नभएको डीएपी मल अहिले आएको छ । अहिले आयात गरिएको डीएपी मल अब हिउँदे बालीलाई मात्रै काम लाग्ने छ । अहिले आवश्यक रहेको युरिया मल भने अझै आउन सकेको छैन । किसानलाई युरिया मल आपूर्ति गर्नुको साटो साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले काम नलाग्ने डीएपी मल आयात गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू