अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

डा. केसीको प्रतिमूर्तिसहित साझा पार्टीद्वारा सडकमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३१ मा प्रकाशित

डा. गोविन्द केसीको प्रतिमूर्ति बनाएर साझा पार्टीले मंगलबार सडकमा प्रदर्शन गरेको छ।‘सेभ डा. केसी, वि आर विथ डा.केसी, डा.केसीको जीवन रक्षा गर’ लगायतका पम्प्लेट छातीमा टाँसेर साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले सडकमा प्रदर्शन गरेका हुन्।

यसका साथै उनीहरुले डा. केसीको जीवन रक्षासहित विभिन्न मागहरु पूरा गर्न समेत सरकारसँग माग गरेका छन्। देशमा मेडिकल शैक्षिक प्रणाली सुधारका काम सरकारले माफियासँग मिलेर गरेको उनीहरुको आरोप थियो।

२३औँ दिन पुग्दा डा.केसी विभिन्न माग राखेर अडानका साथ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अनसन जारी राखेका छन्। उनको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू