अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै २३ दिनदेखि आमरण अनशनरत डा. केसीसँग तत्काल वार्ता थाल्न उहाँहरुले सरकारलाई आग्रह गर्नुभएको हो ।

दुबै नेताले सञ्चारमाध्यमहरुसँग डा. केसीको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएकाले बिना ढिलाई तत्काल कदम चाल्न आग्रह गर्नुभएको हो ।नेता खनालले केसीको जीवनप्रति सरकार संवेदनशील हुनुपर्ने भन्दै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न चाँडो कदम चाल्नुपर्ने बताउनुभएको हो ।

नेता नेपालले पनि डा. केसीको ज्यान बचाउनु पहिलो प्राथमिकता भएकाले संवाद थाल्न ढिलाई नगर्न आग्रह गर्नुभएको हो । १९ औं अनशनमा रहनुभएका डा. केसीको अनशनको २३ औं दिन भइसकेको छ । र उहाँको स्वास्थ्य अवस्था असाध्य गम्भीर बनेको चिकित्सकहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू