अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

चाडबाडमा किनमेलका लागि सीमापारि नजान सरकारको आग्रह

बिआरटीनेपाल २०७७ असोज २० गते ७:१७ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमा पारी गएर किनमेल नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमा पारी नजान आग्रह गर्नुभएको हो ।

प्रवक्ता डा. गौतमले काठमाडौँ लगायतका शहरमा कोरोनाको उच्च जोखिम रहेको भन्दै कोरोनालाई कोसेलीको रुपमा दशैँका बेलामा आफन्तलाई नसार्न आग्रह समेत गर्नुभयो । डा.गौतमले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैँ मनाउन आग्रह गर्नुभयो ।

परिवारको सबै सदस्यको स्वास्थ्य सुरक्षाको लागि पुरानै लुगा लगाएर दशैँ मनाउन उहाँको आग्रह थियो । साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ लिष्ट बनाएर एकैपटक सामान किन्न पनि गौतमले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू