अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९० हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असोज २० गते ७:१६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ । २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गत २४ घण्टायता ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । यसैगरी, थप २ हजार ३ सय ४० जनाकोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सहित अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना पुरुष र ४ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू