अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

नेकपा सचिवालय बैठकः राजदूत सिफारिसको विरोध, सरकार पुनःगठनबारे छलफल भएन

बिआरटीनेपाल २०७७ असोज २० गते ७:१५ मा प्रकाशित

सरकारको नेतृत्व गरिरहेको नेकपाको सचिवालय बैठकमा सरकार पुनःगठनबारे छलफल नभएको बताईएको छ । मंगलबार प्रधामनन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अन्य विषयमा छलफल भए पनि मन्त्रिपरिषद् पुनःगठनबारे छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी अध्यक्षसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले हिजोआज नै रिक्त रहेका तीन मन्त्रालयमा पार्टीका प्रभावशाली मन्त्रीलाई नियुक्त गर्ने चर्चा नेकपाभित्र भए पनि बैठकमा त्यसबारे कुनै कुरा नउठेको श्रेष्ठले जानकारी दिनुभएको हो । सचिवालय बैठकमा प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको राजदूत सिफारिसबारे प्रश्न उठेको प्रवक्ताको भनाइ छ।

ओलीले अरुसँग सल्लाह नगरी अमेरिकाका लागि युवराज खतिवडा, बेलायका लागि लोकदर्शन रेग्मीलाई सिफारिस गर्नुभएको थियो । स्रोतका अनुसार नेताहरुले पार्टी निर्णयविपरीत एकलौटी रुपमा राजनीतिक नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू