अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

सामाजिक सुरक्षा कोष – एक लाख ७६ हजार श्रमिकको दुई अर्ब ६९ करोड योगदान

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:५९ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक लाख ७६ हजारभन्दा बढी श्रमिक आबद्ध भएका छन् । १२ हजार ७ सय ८५ रोजगारदाताका एक लाख ७६ हजार दुई सय १९ जना श्रमिक आबद्ध भएका कोषले जनाएको छ ।यस्तै कोषमा दुई अर्ब ६९ करोड ८० लाख रुपैयाँ योगदान रकम जम्मा भएको छ । कोषमा सबैभन्दा बढी वाग्मती प्रदेशका ८ हजार ६ सय ३४ रोजगारदाताका एक लाख ३२ हजार एक सय ४१ जना श्रमिक सूचीकृत भएका छन् । यस्तै प्रदेश एकबाट १८ सय ६० रोजगारदाता र १७ हजार ६२४ श्रमिक सूचीकृत भएका छन् ।

प्रदेश दुईमा पाँच सय ७ रोजगारदाता र १२ हजार ९ सय ५ श्रमिक, गण्डकी प्रदेशका ५ सय ९० रोजगारदाताका ६ हजार ८ सय ३७ श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषमा प्रदेश पाँचका ९ सय २१ रोजगारदाताका ५ हजार ६ सय २२ श्रमिक, कर्णाली प्रदेशका एक सय २९ रोजगारदाताका ४ सय ४७ श्रमिक र सुदूरपश्चिम प्रदेशका १ सय ४४ रोजगारदाताका ६ सय ४३ श्रमिक कोषमा आबद्ध भएका छ ।

यस्तै कोषबाट ४ सय ९३ योगदानकर्तालाई ९९ लाख ३४ हजार रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरिएको छ । यीमध्ये ४ सय ३० जनालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी भुक्तानी गरिएको छ भने ३४ जनालाई दुर्घटना तथा अशक्तता दावी भुक्तानी गरिएको छ । यस्तै १९ जना योगदानकर्तालाई उपदान दावी भुक्तानी र ९ जना योगदानकर्तालाई आश्रित परिवार सुरक्षा दावी भुक्तानी गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । योगदानकर्ताले सामाजिक सुरक्षा कोषको वेबसाइटमा गएर विभिन्न विषयमा भुक्तानी दावीको लागि फारम भर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू