अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिए

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:५२ मा प्रकाशित

विश्वभर महामारीकारुपमा फैलिएको कोभिड– १९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय भन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

चालू आर्थिक वर्ष २०७७÷७८ को साउनमा मात्रै ४२६ जना पुरुष र छजना महिलाले स्वीकृति लिएका छन् । यस्तै, भदौमा पुरुष २०१ र महिला आठजनाले स्वीकृति लिएका छन् भने असोज १४ गतेसम्म पुरुष १८३ र महिला दुईजना गरी कुल ८२६ जनाले पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताउनुभयो ।

यसअघि, प्रतिदिन १०० को हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उहाँले बताउनुभयो । ‘लकडाउन’ का कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्नसक्ने उहाँले बताउनुभयो । कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू