अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

पोखराका ७ वटा वडाका १० जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय १३ पुग्यो

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:४९ मा प्रकाशित

पोखरा महानगर पालिकाका ७ वटा वडाका १० सहित गण्डकी प्रदेशमा पछिल्लो समय ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ७ वटा वडामा १० जना र तनहुँको आँवुखैरेनीका १ जना गरी ११ जनामा कोरोना पुष्टि भएको हो । पोखराको वडा नं वडा नं ६ का १८ वर्षीया महिला, वडा नं ७ का १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा नं ९ का ५३ वर्षीय महिला, वडा नं १० का १० वर्षीय वालक सहित ६८ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन ।

त्यसै गरी पोखरा ११ का ४६ वर्षीय पुरुष, पोखरा १६ का ७२ वर्षीय पुरुष र पोखरा १७ का ५३ वर्षीय पुरुष रहेका छन भने तनहुँ आँवुखैरेनी वडा नं १ का २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको सँख्या ४ हजार २ सय १३ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू