अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदद्धारा तोडफोड, बैठक भोलीसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:४८ मा प्रकाशित

प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो । प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुखले छलफलअघि बढाउनुभएको थियो ।

छलफल चल्दै गर्दा विरोध नरोकिएपछि सोमबारको बैठक स्थगित भएको हो । तोडफोड र नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाउनुभएको थियो । १ बजे सुरु भएको बैठकमा सांसदहरुले विरोध जनाएपछि स्थगित भएको थियो ।

बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भए पनि सहमतिका लागि सांसदहरु तयार नभएपछि दुई घण्टापछि फेरि बैठक बसेको थियो । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू