अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

७२ घण्टाभित्र वार्ता टोली गठन नगरे कठोर कदम चाल्छौँ – चिकित्सक सङ्घ

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:५८ मा प्रकाशित

नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको तर सरकारले वार्ताको पहलसमेत नगरेकोमा चिकित्सक सङ्घले आपत्ति जनाएको हो ।

सङ्घले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने पनि चिकित्सक सङ्घले जनाएको छ । सङ्घले वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू