अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

अनसनरत् डा. केसीलाई छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:५६ मा प्रकाशित

२१ दिन देखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि केसीलाई अक्सिजन सपोर्टमा राखिएको छ । लामो समयदेखी अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको हो ।उहाँलाई छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि आज अक्सिजन सपोर्टमा राखिएको डा. तोसिमा कार्कीले जानकारी दिनुभयो ।

मेडिकल टिमका अनुसार यो अवस्थामा रहेका बिरामीलाई आईसियुमा लैजानु पर्ने हो तर उहाँले जान नमानिरहनुभएको डा. कार्कीले बताउनुभयो । डा. केसीले अन्य औषधी पनि लिन नमान्नुभएको पनि उहाँले बताउनुभयो । शारिरीक कमजोरीका कारण डा. केसी हिजोबाट बोल्न सकिरहनुभएको छैन ।

डा. केसीको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएपछि आजबाट सर्वसाधारणलाई भेट्न नदिइएको जनाइएको छ । डा. केसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा हुनुहुन्छ । जुम्लाबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्य अवस्था बिग्रेपछि काठमाडौं ल्याईएको हो । अनसनको २१ दिन बितिसक्दा समेत सरकारले अहिलेसम्म वार्ताको पहल समेत गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू