अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चाँडै चुनावी अभियानमा फर्कने बाचा

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ ।अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै सार्वजनिक एक भिडियो सन्देशमार्फत उहाँले जनाउनु भएको छ ।अबका केही दिनहरु बास्तविक परीक्षाको घडी भएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

उहाँले आफु अब चाँडै नै फर्केर आउन भन्दै जुन रुपमा चुनावी अभियान सुरु गरिएको थियो त्यही रुपमा पुनः अभियान सुरु गर्ने बताउनुभएको छ ।राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाई लिएर शनिबार जारी गरिएका विभिन्न विरोधाभाषी वक्तव्यले केही अन्यौल उत्पन्न गराएको थियो ।उहाँका चिकित्सक डा. सीन कोन्लीको पछिल्लो बयानमा राष्ट्रपति ट्रम्प सम्पूर्ण रुपले सुरक्षित नभए पनि पर्याप्त प्रगति भएको उल्लेख छ ।

आफुहरु निकै सतर्कताका साथ आशावादी रहेको भन्दै डा. कोन्लीले राष्ट्रपतिलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारे अहिले नै केही भन्न नसकिने जनाउनु भएको छ ।यसैबीच ट्रम्पका समर्थकहरुले उहाँ उपचाररत अस्पताल तथा देशका विभिन्न स्थानमा भेला भएर स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

क्यालिफोर्नियामा उहाँको समर्थनमा कार र्याली निकालिएको थियो । फ्लोरिडामा त समर्थकहरूले डुङ्गा र्याली नै निकालेका छन् ।

Virus Outbreak Trump

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू