अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

विश्वभर २ करोड ६१ लाख ६८ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:५० मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ६१ लाख ६८ हजार ७ सय ८६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ८३ हजार ३० पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ३८ हजार ८ सय १४ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७९ लाख ७५ हजार ४ सय ३० जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६६ हजार २ सय ८९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७९ लाख ९ हजार १ सय ४१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख १ हजार १ सय ८२ जना संक्रमित भएका छन् भने २ लाख १४ हजार २ सय ८० जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ६५ लाख ५३ हजार २७ जना संक्रमित हुँदा १ लाख १ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४९ लाख ६ हजार ८ सय ३३ जना संक्रमित भएका छन् भने १ लाख ४६ हजार ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । रसियामा १२ लाख १५ हजार जनामा संक्रमण हुँदा २१ हजार ३ सय ५८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू