अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

निषेधाज्ञा तोडेर बुटवलमा प्रदर्शन, बन्दका कारण जनजीवन ठप्प

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४९ मा प्रकाशित

प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ। कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा आइतबार बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ।

कांग्रेस कार्यकर्ताहरु चोकचोकमा बसेर प्रस्तावको विरुद्धमा नाराबाजी गरिरहेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन्।बिहान रुपन्देहीका संघसंस्थाहरुको संयुक्त सञ्जालले बुटवलमा प्रदर्शन गरेको छ। बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बुटवल नै राजधानी उपयुक्त रहेको भन्दै सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका थिए।

उनीहरुले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गर्दै असहज परिस्थितिमा राजधानी सार्ने प्रस्ताव ल्याएर गलत गरेको बताएका छन् । उनीहरुले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका सांसद खुल्न नसकेकोमा आपत्ति जनाएका छन् । व्यवसायीहरुकै आह्वानमा दिउँसो ३ बजेपछि बुटवलमै प्रदर्शन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू