अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभयो ।

डा. गौतमले जो जहाँ जुन अवस्थामा छ त्यही नै दशैं मनाउन अपिल गर्नुभएको हो । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् । आइतबार मात्रै देशभरी २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ ।

प्रवक्ता गौतमले उपत्यकाभित्रका अस्पतालमा राखिएका लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनभित्र पीसीआर टेस्ट गराइ रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्ने तर यदी पोजेटिभ आएमा भने अस्पताल राखेर १४ दिनमा टेस्ट नगराई डिस्चार्ज गर्ने बताउनुभयो । साथै मन्त्रालयले अत्यन्त जरुरी नभइ घरबाहिर ननिस्कन भन्दै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू