अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८
| Colorodo: 23:53
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । गएको २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७ सात सय ८४ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा १ एक हजार ३ सय २९ जना निको भएर फर्किएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
अब नेपालमा २२ हजार २ सय १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने ४ हजार २ सय ३ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा थप ७ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।