अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा संक्रमण, सबै पेसी स्थगित

बिआरटीनेपाल २०७७ असोज १८ गते १:४५ मा प्रकाशित

न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालतमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएकाे जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, ‘केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । जसले इजलास बसेन । बन्दीलगायतका मुद्दाका लागि एकल इजलास भने बस्नेछ ।’

आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू