अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

विदेशमा ३९ हजार ५ सय नेपालीमा कोरोना सङ्क्रमण, झण्डै ३६ हजार निको

बिआरटीनेपाल २०७७ असोज १८ गते १:२४ मा प्रकाशित

कोरोनाका कारण संसारका विभिन्न देशमा कार्यरत ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन्, यसमध्ये ९२ प्रतिशत निको भएका छन् ।

नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।

गएको साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू