अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

प्रिमियर लिग : चेल्सी र एभर्टन विजयी, म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले रोक्यो

बिआरटीनेपाल २०७७ असोज १८ गते १:१८ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले सहज जित निकाल्दा म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले बराबरीमा रोकेको छ ।गएराती भएको खेलमा चेल्सीले आफ्नै शहर लण्डनको प्रतिद्धन्दी क्रिष्कटल प्यालेसलाई ४–० ले हरायो ।

चेल्सीका लागि इटालीयन खेलाडी जर्गीनोले पेनाल्टीमार्फत दुई गोल गर्दा बेन चिलवेल र कर्ट जुमाले एक एक गोल थपे ।गएराती भएको अर्को खेलमा एभर्टनले ब्राइटनमाथि ४–२ को जित निकाल्यो । जारी लिगमा एभर्टनको यो लगातार चौथो जित हो ।

जितसँगै एर्भटन प्रिमियर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएरातिकै अर्को खेलमा लिड्स युनाईटेडले म्यान्चेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोक्दा न्युकासल युनाईटेडले बर्नलेमाथि ३–१ को जित निकालेको छ ।

प्रतिक्रिया