अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

सुडानमा सरकार र विद्रोही समुहबीच शान्ति सम्झौता

बिआरटीनेपाल २०७७ असोज १८ गते १:१६ मा प्रकाशित

सुडानको सरकार तथा विद्रोही समुहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ ।सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।

सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको छ ।दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले आज आफुहरुले शान्ति सम्झौतामा हस्ताक्षर गरेका आफुहरुको लक्ष्य पूरा भएको बताउनुभयो ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि सङ्क्रमणकालीन सरकार रहेको थियो ।उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मूलधारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौताको साक्षी बनाइएको छ ।

यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् भने अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू