अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

चिनियाँ राष्ट्रपति सी द्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:१२ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।चिनियाँ राष्ट्रपति सी ले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मोलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेको द ग्लोबल टाइम्सले जनाएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि ट्रम्पलाई अस्पताल लगिएको हो ।

ह्वाइट हाउसले विज्ञप्ति निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ । उहाँलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महशुस हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू