अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:११ मा प्रकाशित

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार दिएको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएको थापाले जानकारी दिनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएका सबै जनासँग सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उहाँलाई पनि शुक्रबार नै लिइएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू