अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीको स्वाब परीक्षणका लागि दिइएकोमा रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीका राजनीति, परराष्ट्र तथा प्रेस सल्लाहकारका साथै स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सर्वसाधारणमा चासो बढेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा खटिएका सुरक्षाकर्मीसहित एक सय पचास जनाको कोरोना परीक्षण गरिएकोमा १५ जनाभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै ट्रेसिङमा परेका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहका सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराइ तथा स्वकीय सचिव इन्द्र भण्डारीको परीक्षणमा कोरोना पुष्टि भएको हो । ट्रेसिङमै पर्नुभएका प्रधानमन्त्रीमा भने नेगेटिभ रिपोर्ट देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू