अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प सैन्य अस्पताल भर्ना

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:५७ मा प्रकाशित

कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।ज्वरोसहित कोभिड १९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।ज्वरो आएपनि ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ट्रम्पलाई अहिले नै अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको भएपनि आवश्यक सावधानी र सतर्कताका लागि अस्पताल लगिएको ह्वाईट हाउसको तर्क छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।आफ्ना नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि पिोर्ट पजेटिभ आएको थियो ।राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएलगत्तै नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित हुने हो कि भन्ने आशंका समेत जन्मिएको छ ।

अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

 

प्रतिक्रिया