अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

नेपालमा कोरोनाबाट दैनिक औसत ८ जनाको ज्यान जाँदै

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:४१ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट दैनिक औसतमा आठ जनाको ज्यान जान थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असोज महिनाको तथ्याङ्क हेर्दा औसतमा दैनिक ८ जनाको ज्यान गएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भदौ ३१ गतेसम्म कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो । आज यो संख्या बढेर पाँच सय २८ पुगेको छ । पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी रहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले ६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू