अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२०
| Colorodo: 22:35
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनल लिग कप अर्थात काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई सडन डेथमा पराजित ग¥यो । लिरभपुलको मैदान एनफिल्डमा भएको खेलको निर्धारीत ९० मिनेट गोलरहित बराबरीमा सकियो ।
त्यसपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरको सुरुवाती ५-५ प्रहारमा दुबै टोलीले ४–४ गोल गरे ।यसपछि सडन डेथमा लिभरपुलका ह्यारी विल्सनको प्रहारलाई आर्सनलको गोलरक्षक बर्न्ड लेनोले रोकेपछि आर्सनल विजयी भएको हो ।
यो सँगै आर्सनलले ४ दिनअघि प्रिमियर लिगमा लिरभपुलसँग भोगेको हारको बदला लिएको छ । आर्सनलले अब क्वाटरफाईनलमा अर्को दावेदार टोली म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।