अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

भारतमा कोरोनाबाट मृत्यु हुने संख्या लाख नजिक

बिआरटीनेपाल २०७७ असोज १६ गते १:३५ मा प्रकाशित

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ हजार सात सय ७३ जना पुगेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार चार सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी २४ घण्टामा एक हजार ९५ जना मानिसको कोरोनाका कारण मृत्यु भएको बताइएको छ। मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ ।

केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७ सय ७१ जनाको ज्यान गइसकेको छ । यहाँ एक लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू