अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

अनेसास सदस्यता अद्यावधिक समितिको काम सुरु

बिआरटीनेपाल २०७७ असोज १५ गते १७:१३ मा प्रकाशित
१ अक्टोबर, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरु गरेको छ । आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने,अनेसासका च्याप्टर र केन्द्रसँग समन्वय गरी छुटेको नाम आवश्यक प्रामाणिक गरी सूचिकृत गर्ने र निर्वाचनका समयमा देखिएका प्राविधिक समस्याहरूको दीर्घकालीन समाधान खोज्न पहल गर्ने उद्देश्यले सो समिति हालै गठन भएको थियो ।
समितिले बिहीबारबाट काम सुरु गरेको छ । काम आरम्भ गरेको मितिले तीन महिना भित्र समितिले प्रतिवेदन बुझाउने योजना अनुरूप काम आरम्भ भएको हो । डा.चूडामणि खनालको संयोजकत्वमा गठित उक्त समितिमा विजयराज भट्टराई, तीर्थराज पाण्डे, पुष्पा खनाल र कुमारबाबु सिम्खडा सदस्य रहेका छन्।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको अनेसासको बैठकले उक्त निर्णय गरेको हो । समितिको यस कार्यबाट विगतदेखि नै चुनावमा इमेल प्राप्त नभएको वा मतदान गर्न नपाएको भन्ने आजीवन सदस्यहरूको गुनासोको समाधान हुने विश्वास गरिएको  अध्यक्ष माइलाले बताएका छन्। 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू