अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४६ मा प्रकाशित

विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो । त्यस्तै गत २४ घण्टामा ६ हजार १८४ सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार २१२ पुगेको छ । विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा छन् । अमेरिकामा २४ घण्टामा ४० हजार ९ सय २० सङ्क्रमित थपिएका छन् । त्यस्तै भारतमा एकैदिन ८६ हजार ७४८ सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू