अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

आफ्नो भूमि खाली गर्न अरमेनियालाई अजरबैजानको चेतावनी

बिआरटीनेपाल २०७७ असोज १५ गते १:२६ मा प्रकाशित

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले आफनो हिस्सामा रहेको नगर्‍नो र काराबाख क्षेत्र तुरुन्त खाली गर्न अरमेनियालाई चेतावनी दिएको छ । अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप चरम उत्कर्षमा पुगेको बेला राष्ट्रपति अलियेभले यो चेतावनी दिनुभएको हो ।गत सातादेखि विवादित क्षेत्रका लागि सुुरु भएको यी दुइ देशबीचको संघर्षमा हालसम्म दुवैतर्फबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपति अलियेभले सो क्षेत्र अरमेनियली कब्जाबाट मुक्त गर्न जस्तोसुकै कदम चाल्न आफूहरु पछि नपर्ने समेत बताउनुभएको छ ।विवादकै बीच जारी संघर्षमा दुवै देशको तर्फबाट ट्यांक, हेलिकोप्टर र ड्रोनबाट समेत आक्रमण भइरहेको छ । अजरबैजानलाई टर्कीको समर्थन छ भने अरमेनियालाई रुसले साथ दिएको छ ।

दशकौंदेखि विवादको रुपमा रहेको अजरबैजानले आफ्नो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसकेपनि अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ ।यसअघि यही क्षेत्रलाई लिएर दुई देशबीच गत जुलाइमा भएको झडपमा १६ जना मारिएका थिए । सो क्षेत्र विश्व बजारमा तेल र प्राकृतिक ग्यास र पाइपलाइनहरुको करिडोरको रुपमा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू